Thursday, 25 August 2016

:श्री कृष्ण जन्म इतिहास:देवकी तथा वासुदेवका आठौ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो । प्राचीन अभिलेखहरूको आधारमा तथा खगोलीय गणनाको आधारमा कृष्णको जन्म जन्माष्टमी, १८ जुलाई ३२२८ इसापूर्वमा भएको थियो र वहाँ १८ फेबु्रअरी ३१०२ इसापूर्वसम्म धर्ती लोकमा रहेका थिए । कृष्ण मथुराका यादवको भृष्नी कुलका थिए।मथुरा (वर्तमान समयमा मथुरा जिल्ला, उत्तर प्रदेश) यादवहरूको राजधानी रहेको थियो । देवकीको भाईराजा कंशले आफ्ना बुवा उग्रसेनलाई जेल गरी आफु राज्य सत्ता कब्जा गरेका थिए । एउटा भविष्यवानीबाट डाराएर उसले दुवै जनालाई जेल भित्र कैद गरेर राखेका थिए । भविष्यवाणी अनुसार उसकोमृत्यु देवकीको आठौ सन्तानको हातबाट हुने थियो । कंशले सुरूका छ वटा बच्चालाई मारेपछी देवकीले सातौ बच्चालाई गायब गरेकी थिइन् । (असलमा देवकीले गोप्य रूपले सो बच्चा रोहिणीलाई दिएकी थिइन् जो बलराम थियो ।) आठौ सन्तानको रूपमा कृष्णको जन्म भयो ।जन्म भए सँगै विष्णुले वासुदेवलाई कृष्णलाई नन्द र यसोदा बसोबास गर्ने स्थान गोकुल पुगाउन लगाए, जहाँ कृष्ण आनन्दले आफ्नो मामा कंशबाट टाढा रही बाँच्न सक्थे । वासुदेवले कृष्णलाई लिएर यमुना पारी सकुशल गोकुल पुगाए । त्यहाँसबैजना सुतिरहेकाले वासुदेवले कसैलाई पत्तो नादिकनै कृष्णलाई त्यहीँ छाडी यसोधाको छोरी लिएर कारावास फर्केर आए । कंशले त्यस अबोध बच्चालाई देवकीको आठौ सन्तान ठानी ढुङ्गामा फालेका थिए । तर उनी हावामा उडी योगमाया (विष्णुको सहायक)को रूपमा स्थानान्तरित भईन र कंशलाई उसको मृत्युको बारेमा चेतावनी दिएर गायबभईन । कृष्ण गोकुलमै आफ्ना दाई बलरामसँग हुर्केका थिए । पछी वहाँ मथुराफर्के र बलरामकोसहायतालेकंशको संहार गरे ।


No comments:

Post a Comment